दफा १०
निर्वाचन अधिकृतको काम, कर्तव्य र अधिकार
(१) आयोग र मुख्य निर्वाचन अधिकृतको निर्देशनको अधीनमा रही आफूलाई तोकिएको निर्वाचन क्षेत्रमा यस ऐन बमोजिम निर्वाचन गराउने सम्बन्धी सम्पूर्ण काम कारबाही स्वच्छ, निष्पक्ष र स्वतन्त्र रुपमा गर्नु, गराउनु निर्वाचन अधिकृतको कर्तव्य हुनेछ ।
(२) निर्वाचन अधिकृतको अन्य काम, कर्तव्य र अधिकार तोकिए बमोजिम हुनेछ ।
(३) निर्वाचन अधिकृतले निर्वाचनको काम गर्न खटाएको कर्मचारीलाई आवश्यकता अनुसार आफ्नो अधिकार प्रत्यायोजन गर्न सक्नेछ ।तर मनोनयनपत्र जाँच्ने, मनोनयन पत्र सदर वा बदर गर्ने र मतगणनाको अन्तिम परिणाम घोषणा गर्ने अधिकार प्रत्यायोजन गर्न सकिने छैन ।
(४) निर्वाचन अधिकृतले नेपाल सरकार, प्रदेश सरकार तथा स्थानीय तहका कर्मचारी, नेपाल सरकार, प्रदेश सरकारको स्वामित्व वा नियन्त्रणमा रहेको वा नेपाल सरकार वा प्रदेश सरकारकोअनुदानमा सञ्चालित संस्थाका कर्मचारी वा विश्वविद्यालय वा सामुदायिक विद्यालयका
शिक्षक वा कर्मचारीलाई निर्वाचन सम्बन्धी कुनै काममा खटाउन वा लगाउन सक्नेछ ।
तर यसरी कर्मचारी वा शिक्षक खटाउँदा कर्मचारीको हकमा निजको घर ठेगाना रहेको स्थानको सम्बन्धित वडामा र शिक्षकको हकमा निज कार्यरत स्थान र निजको घर ठेगाना रहेको स्थानको सम्बन्धित वडामा नपर्ने गरी खटाउनु पर्नेछ ।